बहुमतको सरकार बनाउन दिएको समय सकियो । ओली नै प्रधानमन्त्री बन्दै
5 वर्ष पहिले प्रकाशित
Khojkhulasa
३० वैशाख,
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार दुई बहुमतका सरकार निर्माणका लागि दिएको समय सकिएको छ। बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।
एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको सहमतिपछि पार्टी भित्र लामो समयदेखि चल्दै आएको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार भएको लामो छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका हुन् । वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको छ ।
संविधानको धारा ७६(३)अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको रुपमा अव पुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको प्रधानमन्त्री बन्ने छन्।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दावी गर्न माधव कुमार नेपाल पक्षले राजिनामा दिनुपर्थो तर ओली र नेपालबीच सहमतिपछि कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम भट्टराई,उपेन्द्र यादव पक्षका सांसदले नै पुग्ने आशा विपक्षी गठबन्धनको थियो । तर ओली र नेपालबीच सहमतिले विपक्षी गठबन्धनको आशा समाप्त भयको छ ।
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..
नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..
3 दिन पहिले
कमेन्ट गर्नुहोस्