`

किशोरी हत्या आरोपी सशस्त्रका जवान महेन्द्रनगरबाट पक्राउ

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

कैलाली । बैतडीमा माया लुहारको हत्या आरोप झेलिरहेका सशस्त्र प्रहरीका जवान भरतराम कोलीलाई प्रहरीले पक्राउ गरेको छ ।मायाको हत्या गरेको आरोप लागेका बैतडी शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी )मोहनकुमार आचार्यले कोली पक्राउ परेका पुष्टि गरे । उनले भने ‘उहाँ (कोली) महेन्द्रनगरबाट पक्राउ पर्नु भएको। बाँकी विवरण केहीबारेमा आउँछ ।’कोली माथि बैतडी पञ्चेश्वर गाउँपालिका–४ की २१  वर्षीया माया लुहारकाे हत्या गरेर फरार भएको आरोप छ ।साभार : नेपाल प्रेस

`
12 comments
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..

नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..

2 घन्टा पहिले