महोत्तरी-२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह विजयी
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa
महोत्तरी — महोत्तरी क्षेत्र नं २ को प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार सुरिताकुमारी साह विजयी भएकी छिन् । गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । उनी ८ हजार ५ सय ६८ मत प्राप्त गरी विजयी भएको क्षेत्र नं २ को निर्वाचन कार्यालयले जनाएको छ ।गठबन्धनका तर्फका उम्मेदवार नेपाली कांग्रेसका नागेश्वर यादवलाई २ हजार ३ सय ६६ मतान्तरले पछि पार्दै उनी विजयी भएकी हुन् । यादवले भने ६ हजार २ सय २ मत पाएका छन् । साह २०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट भारी मतले प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।साभार : कान्तिपुर
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..
नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्