रौतहट ४ मा तिमिल्सिना दोस्रो पटक विजयी
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa
चन्द्रपुर । रौतहटको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना दोस्रो पटक निर्वाचित हुनुभएको छ ।बिहीबार आएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा विजयी हुनुभएका तिमिल्सिनाले ३४ हजार १६१ मत प्राप्त गर्नुभएको छ ।उहाँले निकटम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद रेग्मीलाई सात हजार ६०२ मतले पराजित गर्नुभएको हो । रेग्मीले २६ हजार ५५९ मत प्राप्त गर्नुभएको छ ।यसअघि तिमिल्सिना २०७४ मा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।साभार : गोरखापत्र
विद्यार्थीलाई वैज्ञानिक, व्यावहारिक र अनुसन्धानात्मक श..
नेपालको शिक्षा जगतमा छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित साउथ प्वाईन्ट बोर्डिंग स्कुलले बिहीवार विज..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्